बिबिध

मुल्यको लोभमा कम गुणस्तरको जुम्ली स्याउ बजारमा

स्याउ भन्ने वित्तिकै सवैको दिमागमा आइहाल्छ जुम्लाको रातो र रसिलो स्याउ । देशैभरी जुम्ली स्याउको आफ्नै पहिचान छ । तर पछिल्लो समय अधिक व्यापारीकरणले मिठो र रसिलो स्याउ काँचै वजार आउन थालेको छ । यसले गर्दा जुम्ली स्याउको ब्राण्डनै बिग्रीने हो कि भन्ने चिन्ता समेत वढ्न थालेको छ । जुम्लामा ४२ हजार हेक्टर जमिनमा स्थानिय जात र २० हजार हेक्टरमा फुुजि जातको स्याउ खेति गरीएको जिल्ला कृषि ज्ञान केन्द्रका पुर्व प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन । स्थानीय जातको स्याउ गत वर्ष  ८ हजार मेट्र…