कुकुर दिवसमा कुकुरको नयाँ लुक्स

कुकुर दिवसमा कुकुरको नयाँ लुक्स

हिजो अन्तर्राष्ट्रिय कुकुर दिवस । विकसित देश र समाजमा धुमधामका साथ उक्त दिवस मनाइएको छ । सोही क्रममा इजरायलमा एक जना कुकुर हजामलाई सो अवसरमा कुकुरको भुत्ला काट्न भ्याइ नभ्याइ भएको बताइन्छ ।

इजरायलको मध्यस्थित शहर मोदिइनमा रहेको आफ्नो सैलुनमा ती हजामले घरपालुवा कुकुरको भुत्ला नयाँ स्टाइलमा काटिदिएका हुन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार हिजो धेरै जना इजरायलीले आफ्ना कुकुर लिएर आएको कारण उनी व्यस्त भएका थिए ।

फोटो : सिन्ह्वा

अन्तर्राष्ट्रिय कुकुर दिवस हरेक वर्ष अगष्ट २६ मा मनाइन्छ । नेपालमा भने कुकुर दिवसको रुपमा तिहारको दोस्रो दिन कुकुर तिहारको रुपमा परापूर्वकालदेखि मनाउँदै आइएको छ ।

टिप्पणीहरू