क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा भाटभटेनीको ‘विन्टर अफर’

क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा भाटभटेनीको ‘विन्टर अफर’

भाटभटेनी सुपरमार्केटले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । 

त्यस्तै, पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिनेछ । यो अफर आगामी पुस १ गतेदेखि एक महिनासम्म लागू हुने कम्पनीले बताएको छ । 

भाटभटेनी सुपरमार्केटका २६ वटै स्टोरबाट यो योजनाको फाइदा लिन सकिनेछ । भाटभटेनीमा अहिले एक लाख पचास हजारभन्दा बढी प्रकारका सामग्री रहेका छन् । 

यी सबै प्रकारका सामग्री खरिदमा विन्टर अफरमा दिइएको छुट प्राप्त गर्न सकिने जनाइएको छ । यसअघि दशैं, तिहार र छठ पर्वको अवसरमा पनि भाटभटेनीले विशेष छुट प्रदान गरेको थियो ।

टिप्पणीहरू