बढी मूल्यमा ग्याँस बिक्री गर्नेलाई कारबाही गरिने

बढी मूल्यमा ग्याँस बिक्री गर्नेलाई कारबाही गरिने

नेपाल एलपी ग्याँस उद्योग संघले निर्धारित मूल्यभन्दा बढी मूल्यमा ग्याँस बिक्रीवितरण गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । 

नेपाल आयल निगमले निर्धारण गरेको उपभोक्ता मूल्यअनुसार बजारमा ग्याँस बिक्री नभई बढी मूल्यमा बिक्रीवितरण भइरहेको जनगुनासो प्राप्त भएको भन्दै संघले यस्तो चेतावनी दिएको हो । 

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गर्दै आयल निगमद्वारा निर्धारित ग्याँसको उपभोक्ता मूल्य प्रति सिलिण्डर एक हजार आठ सय ९५ रुपैयाँ मात्र तिरी खरिद गर्न र अनिवार्य बिल लिन आम उपभोक्तालाई अनुरोध गरेका छन् । 

‘निर्धारित मूल्यभन्दा बढी मूल्य लिई ग्याँस बिक्रीवितरण गर्नु गैरकानूनी हुने हुँदा त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

कानूनविपरीत गैरकानूनी तवरबाट ग्याँस बिक्री गरेको पाइएमा संघ तथा सम्बन्धित सरोकारवाला निकायहरुमा तत्काल जानकारी गराउन समेत संघले आम उपभोक्तामा आग्रह गरेको छ ।

टिप्पणीहरू