मुल्यको लोभमा कम गुणस्तरको जुम्ली स्याउ बजारमा

मुल्यको लोभमा कम गुणस्तरको जुम्ली स्याउ बजारमा

स्याउ भन्ने वित्तिकै सवैको दिमागमा आइहाल्छ जुम्लाको रातो र रसिलो स्याउ । देशैभरी जुम्ली स्याउको आफ्नै पहिचान छ । तर पछिल्लो समय अधिक व्यापारीकरणले मिठो र रसिलो स्याउ काँचै वजार आउन थालेको छ । यसले गर्दा जुम्ली स्याउको ब्राण्डनै बिग्रीने हो कि भन्ने चिन्ता समेत वढ्न थालेको छ ।

जुम्लामा ४२ हजार हेक्टर जमिनमा स्थानिय जात र २० हजार हेक्टरमा फुुजि जातको स्याउ खेति गरीएको जिल्ला कृषि ज्ञान केन्द्रका पुर्व प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन । स्थानीय जातको स्याउ गत वर्ष  ८ हजार मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ११ मेट्रिक टन उत्पादन हुने भण्डारीको अनुमान रहेको छ ।

गत वर्ष जुम्ली वेचेर मात्रै २१ करोड रुपिया आम्दानी गरेको भण्डारीले वताए । यस वर्ष जुम्लाले २३ करोड रुपियाको स्याउ वेच्ने अनुमान गरीएको छ ।
यता गतवर्षवाट उत्पादन दिन थालेको फुुजि स्याउले यस वर्ष तेब्बर उत्पादन दिने भण्डारी वताउछन ।

स्याउ उत्पादन प्रत्येक वर्ष वढेपनि गुणस्तर घटीरहेको छ । भदौ १५ भन्दा अगाडी टिप्दा स्याउको स्वादमै गिरावट आएको भण्डारीले वताए । यस वर्षपनि साउन १५ वाटै टिपिएकोले जुम्लाको स्याउको स्वाद विग्रिने हो की भन्ने चिन्ता वढेको छ ।

टिप्पणीहरू