अब यातायात कार्यालयमा भीड नहुने

अब यातायात कार्यालयमा भीड नहुने

यातायात व्यवस्था कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई आइतबारबाट लागू हुनेगरी सेवा लिन आउँदा अनलाईन टोकनको व्यवस्था गरेको छ ।

वाग्मती प्रदेश सरकारको भौतिक विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालयमा मोटरसाइकलधनीले कुनै पनि सेवा लिन आउँदा भेटघाट व्यवस्थापन प्रणाली मार्फत् अनलाईन टोकन लिएर आउनुपर्ने जानकारी दिएको हो ।

कार्यालयले टोकन नलिई आएमा सेवा प्रदान गर्न नसकिने पनि जनाएको छ । यस्तै मोबाइल वा कम्प्युटरबाट www.visittmo.bagmati.gov.np मा गई फाराम भर्न सकिने छ ।फाराम भर्दा नाम थर, सवारीधनीको नाम थर, सेवा लिन जाने कार्यालय र सेवाको किसिममा आफ्नो मोटरसाइकलको लट बमोजिमको फाँट वा शाखा भनेर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।

त्यसैगरि आफ्नो मोबाइलमा आएको भेरिफिकेशन कोड फाराममा भरेपछि टोकन बुक हुनेछ । कम्प्युटरबाट टोकन प्रिन्ट गरेर वा मोबाइलमा आएको टोकन वा एसएमएस लिएर टोकन भर्दा रोजिएको दिनमा कार्यालय जानुपर्ने पनि कार्यलयले जनाएको छ ।

यदी अनलाइन टोकन लिने क्रममा कुनै समस्या परेमा कार्यालयको नम्बरमा सम्पर्क गर्न सकिने पनि यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

टिप्पणीहरू