घट्ला पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ ?

घट्ला पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ ?

भारतबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको भाउ उल्लेख्य घटेको छ । जसअनुसार पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ प्रतिलिटर भाउ घटेको बताइएको छ । 

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेलमा ८ रुपैयाँ प्रतिलिटरले घटेको छ ।

निगमले यसअघि घाटाको लागि व्यापार नगरिएको बताउँदै संस्थानको सञ्चित घाटा अचाक्ली बढेकाले केही समय भाउ नघटाउने बताउँदै आएको छ । भारतबाट प्राप्त पछिल्लो मूल्यबारे निगमको आज साँझ बस्ने सञ्चालक समितिको बैठकले निर्णय गर्ने बुझिएको छ ।

टिप्पणीहरू