सधैँ युट्युबमा चर्किने सुरेन्द्र केसी आज एयरपोर्टमा बोले

सधैँ युट्युबमा चर्किने सुरेन्द्र केसी आज एयरपोर्टमा बोले

समसामयिक राजनीति र नेताहरुका निजी विषयमा समेत युट्युबहरुमा उग्र प्रतिक्रिया दिएर चर्चा बटुलेका प्राध्यापक डाक्टर सुरेन्द्र केसीले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिर पत्रकार सम्मेलन गरेका छन् । 

अन्तराष्ट्रिय गोष्ठीमा सहभागी हुन बेलायत प्रस्थान गर्नुपूर्व उनले विमानस्थल बाहिरको खुल्ला चौरमा पत्रकारहरुलाई बोलाएर आफ्ना कुरा राखेका हुन् । त्यसक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला नेतालाई छुटाउन षड्यन्त्र हुनसक्ने आशंका जनाए । 

कुनैपनि बाहानामा दोषीलाई उम्क्याउन नहुने बताएका डा. केसीले प्रहरीलाई राजनीतिक दबाब दिएर अनुसन्धान प्रभावित नपार्न चेतावनी पनि दिएका छन् । उनले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने धारणा राखे । 

उक्त कार्यक्रममा एक दर्जन पत्रकारको सहभागिता थियो भने सधैँ युट्युब र टेलिभिजनको स्क्रिनमा देखेका केसीलाई प्रत्यक्ष हेर्न ५० जना जति दर्शकसमेत उपस्थिति थिए ।

यता, अरुलाई नियम र नैतिकता सिकाउने केसीले अन्तर्राष्ट्रिय विमानस्थलमा हुलहुज्जत तथा भीडभाड गर्न नहुने विश्वव्यापी प्रावधानको ख्याल नगरेको भन्दै आलोचना शुरु भएको छ । विमानस्थलमै पत्रकार सम्मेलन हुँदासमेत विमानस्थल प्रशासन र नियामक निकाय नेपाल प्रहरीले चासो नदेखाएको प्रति जानकारहरुले उदेक मानेका छन् ।

टिप्पणीहरू