चोलेन्द्रको महाभियोगसम्बन्धी मुद्दा पेशी चढ्यो

चोलेन्द्रको महाभियोगसम्बन्धी मुद्दा पेशी चढ्यो

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोगसबन्धी रिटको सुनवाई आज संवैधानिक इजालासमा हुदैँछ ।

संघीय संसदका महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणामाथि लागेको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै सर्वोच्च अदालतलाई लेखेको पत्रको कानुनी हैसियतमाथि चुनौती दिँदै दायर रिटको आज सुनुवाई हुन् लागेको हो । 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुनेछ ।

गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ नमा परेपछि सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।

महाभियोग लागेपछि निलम्बनमा परेका चोलेन्द्र भने निलम्बित अवस्थामै अवकाश भैसकेका छन् ।
 

टिप्पणीहरू