पानी परेपछि रेशमको मसाल जुलुस ‘क्यान्सिल्ड’

पानी परेपछि रेशमको मसाल जुलुस ‘क्यान्सिल्ड’

रेशम चौधरीलाई थुनामै राख्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा नागरिक उन्मुक्ति पार्टीले निकाल्न लागेको मसाल जुलुस रोकिएको छ । 

काठमाडौँमा पानी परेपछि आज साँझका लागि निधो भएको मसाल जुलुसको कार्यक्रम स्थगित गरिएको बताइएको छ । आज स्थगित भएको कार्यक्रम भोलि गरिने सो पार्टीले जनाएको छ । 

नागरिक उन्मुक्तिले आज दिउँसो पत्रकार सम्मेलन गरेर तीन दिन राँके जुलुस र त्यसपछिका पाँच दिन नेपाल बन्दको घोषणा गरेको थियो ।

टिप्पणीहरू