फेसबुकमा लेखेका कुराले वडाध्यक्षलाई फसाद
सामाजिक सञ्जालमा जथाभावी लेखेका रोल्पाका एक जनप्रतिनिधिलाई कार्यपालिका बैठकमा प्रवेश निषेध गरिएको छ ।
रुन्टीगढी गाउँपालिका- ५ का वडाध्यक्ष गोविन्दबहादुर डाँगीलाई कारवाहीस्वरूप दुईवटा कार्यपालिका बैठकमा रोक लगाइएको हो । उनले आफ्नो फेसबुकमा ‘सुवर्ण अवसर पार्टी प्रवेश तथा पार्टीमा फर्किएकाहरुका लागि सूचना । हामी एक लाखसम्मका योजना गोजीबाट, अल्ली ठूला डिपीआर रातमै गर्छौं । पार्टी प्रवेश गर मौकाको फाइदा उठाऊ, जनहितमा जारी सन्देश’ भनि स्ट्याट्स लेखेका थिए …