क्यानडा, मेक्सिको र चीनमाथि लगाइएको अमेरिकी कर कार्यान्वयनमा
अमेरिकाले आजदेखि क्यानडा, मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत र चिनियाँ सामानमा २० प्रतिशत कर लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि यसअघि मेक्सिको र क्यानाडाका सामानमा लगाइएको कर एक महिना पछाडि धकेलिएको थियो । चिनियाँ सामानमा भने १० प्रतिशत लगाइएको थियो ।
आजदेखि क्यानडा र मेक्सिकोका सामानमा २५ र चिनियाँमा थप १० प्रतिशत गरेर कुल २० प्रतिशत कर बढाइएको छ । अमेरिकाले लागूऔषध र अवैध आप्रवासनलाई अमेरिका प्रवेशमा रोक नलगाएको भन्दै ती मुलुकमाथि करको दर थोपरिदिएको बताइन्छ ।
अमेरिकी प्रशासनले युरोपियन युनियनमाथि समेत २५ प्रतिशत कर लगाउने चेतावनी दिइएको छ । युक्रेनी राष्ट्रपतिसँगको वार्ता भंग भएपछि युरोपले जनाएको प्रतिक्रिया स्वरुप कर बढाउन लागिएको हो ।
यता चीनले पनि आयात हुने अमेरिकी खाद्यान्न र कृषि उत्पादनमा कर लगाउने तयारी गरिरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
टिप्पणीहरू