चितवनमा मोबाइलदेखि बिँडीसम्म बरामद

चितवनमा मोबाइलदेखि बिँडीसम्म बरामद
सुन्नुहोस्

खजुर ६७२ केजी, शरबत रुह अफ्जा लेखिएको जुस २५२ बोतल, कस्मेटिक सामान ३२९ पिस, कपडाको पछ्यौरा ३६५ थान, विभिन्न कम्पनीका मोबाईलहरु ४४ सेट, सुर्ती तीनबोरा ७५ केजी र बिँडी दुईबोरा २०० प्याकेट । बिल बिजक नभएका यी सामान चितवनमा बरामद भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्दा अवैध रुपमा भन्सार छलेर चोरी निकासी/पैठारी गरेको अवस्थामा अन्दाजी १५ लाख ३८ हजार मूल्य बराबरका ती सामान बरामद भएको जनाएको छ।

आवश्यक कारबाहीको निम्ति राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

टिप्पणीहरू