कांग्रेसको बहुमत नआउनेमा देउवा कन्फर्म

कांग्रेसको बहुमत नआउनेमा देउवा कन्फर्म
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । तर, देशकै ठूलो पार्टी बन्ने सम्भावना औंल्याउँदै उहाँले त्यसको तयारीमा लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो ।

रुपन्देहीमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोको भन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु ।'

नेताहरु बीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्नेमा उहाँले जोडसमेत दिनुभएको छ ।

'हाम्रो बीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन् । ति सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुंग्याउनुपर्छ', सभापति देउवाले थप्नुभयो, 'मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ ।’

टिप्पणीहरू