आन्दोलनमा होमियो मिराज समूह
सर्वपक्षीय गोलमेच सम्मेलन तथा संविधान पुनर्लेखनको माग गर्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले आन्दोलनको घोषणा गरेको छ । उक्त समूहले आज पत्रकार सम्मेलन गरेर भोलिदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिने जानकारी दिएको हो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै आएको मिराजको समूहले १० बुँदे मागपत्र समेत सार्वजनिक गरेको छ । राज्य पुनःसंरचना र संविधान पुनर्लेखनको लागि संविधान परिमार्जन सभा गठन गर्नुपर्न उनीहरुको माग छ । झुठा मुद्धा लगाएर हिरासतभित्र राखिएका जेनजी युवाहरुलाई निशर्त रिहा गर्नुपर्ने माग पनि पत्रमा उल्लेख छ ।
भदौ २३ र २४ गतेको घटनामा मानवअधिकार उल्लंघन गर्नेहरुमाथि कडा कारवाहीको माग राखेका उनीहरुले न्यायालयका फैसलाहरुको प्रत्यक्ष प्रशारण गर्नुपर्नेमा जोड दिएका छ
टिप्पणीहरू