करोडौंको कुरो उठेपछि रास्वपा उम्मेदवार ‘आउट’
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनका लागि अघि सारेको प्रारम्भिक उम्मेदवार राज्यलक्ष्मी गोल्छा प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । कोशी प्रदेशमा हिजो सम्पन्न प्रारम्भिक उम्मेदवार निर्वाचनपूर्वको छलफलमा सहभागी नभएपछि उनलाई रास्वापाले प्रतिस्पर्धाको सूचीबाटै हटाउने निर्णय गरेको बताइन्छ ।
समानुपातिकतर्फको उम्मेदवारका लागि रास्वपाले खुला आह्वान गरेकोमा गोल्छाले पनि निवेदन दिएकी थिइन् । उनले विगतमा राजनीतिक दल र तिनका नेतालाई आर्थिक सहयोग गरेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिइन् ।
यसअघि एमालेलाई करोडौं बुझाएर समानुपातिक सांसद बनेको आरोप लागेकी गोल्छाले रास्वपालाई पनि मोटो रकम बुझाएर सांसद बन्न लागेको आशंका गरिएको गियो । हिजोको निर्णयपछि उनको चाहनामा ‘ब्रेक’ लागेको कतिपयको बुझाई छ ।
राज्यलक्ष्मी विराटनगरको पूरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सञ्चालक हुन् ।
टिप्पणीहरू