गुण्डुमा रास्वपाको घरदैलो
राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरको गुण्डुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । समानुपातिक तर्फका प्रारम्भिक उम्मेद्वारहरुले आज गुण्डु क्षेत्रका स्थानीयसँग भेटघाट गरेका हुन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको निवास समेत रहेको गुण्डुमा घरदैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आंकाक्षी उम्मेद्वार साजन तिमिल्सनाले जानकारी दिए । उनका अनुसार पार्टीले नै त्यहाँ घरदैलोमा खटिन निर्देशन दिएको हो ।
सो क्रममा सयभन्दा बढी परिवारसँग भेटघाट गरिएको रास्वपाले जनाएको छ ।
टिप्पणीहरू