कुलमानको सरकारी मूल्याङ्कन : शून्य

कुलमानको सरकारी मूल्याङ्कन : शून्य

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन गर्दै तालुक अड्डा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ । घिसिङलाई आर्थिक वर्ष २०८० / ८१ मा उक्त मूल्यांकन गरिएको बताइन्छ । 

तर घिसिङले आफूलाई कार्यसम्पादनमा ९८.९९ प्रतिशत अंक दाबी गर्दै विवरण मन्त्रालयमा पेश गरेका थिए । उनैलाई अहिले शून्य कायम गरेपछि ऊर्जामन्त्री र घिसिङबीचको तिक्तता थप पेचिलो बनेको छ ।

उक्त मूल्यांकनबारे मन्त्रालय र घिसिङबीच परस्परविरोधी दाबी छ । मन्त्रालय स्रोतले भदौ मसान्तभित्र बुझाउनुपर्ने विवरण ढिलो बुझाएको भनेको छ भने घिसिङले सबै विवरण समेटेर बुझाइएको दाबी गरेका छन् ।

टिप्पणीहरू