रायो सागमा शतप्रतिशत विषादी
काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक विषादी भेटिएको छ । बिक्रीका लागि कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको उक्त सागमा लगभग शतप्रतिशत विषादी पाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज विभिन्न १५ वटा तरकारीको विषादी परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौंबाट ल्याइएको रायो सागमा ९९ दशमलब ०८० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको समितिले जनाएको छ ।
उक्त रागलाई नष्ट गरिएको समितिको भनाइ छ । कालीमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको परीक्षण हुँदै आएको छ ।
यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोग्य योग्य ३५ देखि ४५ प्रतिशतसम्म रहेमा केही दिन राखेर खान मिल्ने र सोभन्दा बढी भेटिए खान अयोग्य मान्ने गरिन्छ ।
टिप्पणीहरू