चौधरीमाथि नक्कली बीमा दाबी गरेको आरोप, चार ठाउँमा उजुरी

चौधरीमाथि नक्कली बीमा दाबी गरेको आरोप, चार ठाउँमा उजुरी
सुन्नुहोस्

सांसद तथा व्यापारी विनोद चौधरीविरुद्ध कारबाहीको माग गर्दै चार वटा निकायमा उजुरी दर्ता भएको छ । चौधरी र उनको व्यापाारिक समूह सिजी ग्रुपले गैरकानुनी काम गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान र राष्ट्र बैंकमा हिजोको मितिमा निवेदन दर्ता गराइएको हो । 

राजकुमार तिमल्सिनाले छानबिनमा हस्तक्षेप नगर्न सरकारी निकायहरुलाई आग्रह गरेका छन् । तिमिल्सिनाले यसअघि न्यायाधीश र केही ठूला मिडिया सञ्चालकको मिलेमतोमा बार्गेनिङ गरेको भनिएको अडियो सार्वजनिक गरेका थिए । उक्त अडियो फेक भएको प्रहरीले पुष्टि गरिसकेको छ ।

उनले सामाजिक सञ्जालमा लेख्दै युनाइटेड इन्सुरेन्सले सिजी इलेक्ट्रोनिक्समा आगलागी भएको नाममा ८४ करोड बीमा क्लेम गरेर ५९ करोड भुक्तानी लिएको दाबी गरेका छन् । क्षति भएको ३४ करोड तर ५९ करोड भुक्तानी लिएर २५ करोड झ्वाम बनाएको तिमिल्सिनाको दावी छ ।

सिजी ग्रुपअन्तर्गतका पाँच वटा कम्पनीमा २०१२ देखि २०२४ को बीचमा भएको आगलागीलाई प्राकृतिक विपत्ति हो कि मानसिक विपत्ति भन्ने उनको शंका छ ।

त्यसैगरी चकलेट र खाद्य उद्योगमा मिसावट, सिजी मोटरहरूमा भन्सार छुटको दुरुपयोग, राजनीतिक पहुँचद्वारा कर निर्धारणमा प्रभावलगायत आरोप छन्  ।

टिप्पणीहरू