माझी समुदायलाई आज बिदा

माझी समुदायलाई आज बिदा
सुन्नुहोस्

लदि पूजाको अवसरमा आज मकवानपुरको माझी समुदायलाई बिदा दिइएको छ । बागमती प्रदेश सरकारले माझी समुदायका लागि बिदा दिएको जनाएको छ ।

मकवानपुरको बकैया र बागमती गाउँपालिकाले पनि लदी पर्वका अवसरमा स्थानीय बिदा घोषणा गरेका छन् । फागुन महिनाको तेस्रो मंगलबार मनाइने यो पर्वमा पहिलो पटक यो वर्ष विशेष कार्यक्रम र शुभकामना आदान प्रदान गरिँदै छ । 

नेपालमा माझी समुदायको संख्या एक लाख ११ हजार ३५२ देखिन्छ । माझी भाषा बोल्ने झण्डै ३३ हजार छन् ।

टिप्पणीहरू