भरतपुर अस्पतालमा अचाक्ली चोरी
सरकारी अस्पतालको हैसियतमा पनि भरतपुर अस्पतालले बिरामी र कुरुवाहरुको निम्ति सकेको सेवा र सुविधा दिँदै आएको छ । बिरामीसँगै कुरुवालाई पनि अस्पतालमा निःशुल्क खाना वितरण गरिएको छ । उपचार पनि प्रायः निःशुल्क हुने गरेको छ । यसबीचमा बिरामी र बिरामीका आफन्तलाई आउँदा–जाँदा सजिलोको लागि फागुन १ गतेदेखि वरपर निःशुल्क बस सञ्चालनको जमर्काे गरिएको छ ।
तर अस्पतालभित्र चोरीका घटना भने झन् बढेको पाइन्छ । अर्थिक रुपमा निम्नदेखि मध्यम वर्गसम्मका बिरामीहरु जिल्लाभित्र र जि…