अध्यादेशबारे साँझ छलफल गरिँदै
सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक राखिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालगायत उपस्थित हुने बैठकमा सरकारले हालै जारी गरेका र संसदमा प्रस्तुत अध्यादेश पारित गराउने सम्बन्धमा छलफल हुने बताइएको छ ।
अध्यादेशबाहेक संसद्को प्रभावकारिता र सरकारको कामकारबाहीका विषयमा छलफल हुने काँग्रेस नेताहरुले बताए ।
राष्ट्रियसभामा बहुमत नरहेकाले सरकार अध्यादेशलाई निर्णयार्थ पेश गर्न पछि हटेको हो ।
टिप्पणीहरू