नवविवाहित जोडीलाई अध्यक्षको समय
नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य अस्मिता थापाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् । केन्द्रीय कमिटीको पहिलो बैठकअघि आज बिहान उनी नवविवाहित श्रीमानसँगै गुण्डु पुगेकी हुन् ।
ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षसमेत रहेकी थापा ओलीलाई धन्यवाद भन्न गएको बताइएको छ । शुरुमा महाधिवेशन प्रतिनिधिमै पराजित भएकी उनी 'बा' को विशेष जोडबलमा कुरा मिलाएर पछि प्रतिनिधि चुनिएकी थिइन् । ओली प्यानलबाटै केन्द्रीय सदस्य पनि बनिन् ।
‘उनी टिममा नाम हालिदिएकोमा आभार ब्यक्त गर्न गएकी हुन्,बाले पनि अहिले नआत्तिऊ, म विस्तारै मिलाउँला भनेका छन् रे !’
ओखलढुंगाका एक स्थानीय नेताका अनुसार ओलीसँग निकट रहेको देखाउन उनी नवदुलाहालाई पनि लिएर गुण्डु गएकी हुन् । भेटका क्रममा थापाले स्थानीय पार्टीको अन्तरविरोधका बारेमा पनि अध्यक्षसँग केही गुनासासहित आफ्ना माग राखेको बताइएको छ ।
जवाफमा ओलीले जिल्लामा सक्रिय भएर लाग्न निर्देशनसहित क्रमश: भूमिका दिँदै जाने प्रतिवध्दता जनाएका थिए । ‘उनी टिममा नाम हालिदिएकोमा आभार ब्यक्त गर्न गएकी हुन्,बाले पनि अहिले नआत्तिऊ, म विस्तारै मिलाउँला भनेका छन् रे !’, उनै नेताले सुनाए, ‘यज्ञ कमरेडको भूमिका मागेकी होलिन् ।’
जिल्लामा लामो समय पार्टीमा योगदान गरेका पुराना महिला नेता हुँदाहुँदै थापाको एकतर्फी कुरा सुनेर अध्यक्ष ओलीले काखापाखा गरेको गुनासो उनले गरे ।
टिप्पणीहरू