व्यापक हिमपातपछि सशस्त्र टोली हिउँ पन्छाउँदै

व्यापक हिमपातपछि सशस्त्र टोली हिउँ पन्छाउँदै

मुलुकको हिमाली भेगमा हिमपात र उच्च पहाडी भूभागमा हिउँ र पानी परेको छ । अस्तिदेखि सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका उच्च हिमाली भूभागमा परेको हिमपात र पानी पूर्वतिर सरेको छ । 

गोरखाको उत्तरी भूभागमा गएरातिदेखि परेको बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । एक फिट बाक्लो हिउँले मनास्लु पदमार्गमा  अबरुद्ध भएपछि सशस्त्र प्रहरीको बिओपी साम्दोबाट खटिएको टोलीले चुमनुब्री गाउँपालिका १ मा हिउँ पन्छाएको बताइन्छ । उक्त क्षेत्रमा हिमपात जारी छ ।

 

टिप्पणीहरू