सर्वोच्चको दोस्रो, मुलुकको पहिलो महिला न्यायाधीशको निधन

सर्वोच्चको दोस्रो, मुलुकको पहिलो महिला न्यायाधीशको निधन

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । आज बिहान निधन भएकी ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ केही दिनदेखि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

पहिलो महिला न्यायाधीश भए पनि सर्वोच्च अदालतमा पुग्ने उहाँ दोस्रो महिला न्यायाधीश हुनुहुन्थ्यो । उहाँ २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म सर्वोच्चमा रहनुभयो । स्वर्गीय श्रेष्ठका का दुई छोरा छन् ।

टिप्पणीहरू