कोलकाता र ल्हासा ‘डाइभर्टेड’ विमानहरु फर्किए
काठमाडौं वरपरको खराब मौसमका कारण भारतको कोलकाता र चीनको ल्हासा फर्केका विमानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । बिहान निर्धारित समयमा यता आइरहेका विमानहरु मौसम खराब भएपछि अन्यत्र गएका थिए ।
दोहाबाट काठमाडौं आइरहेको कतार एयरवेजको उडान नम्बर क्यूआर ६५२ को विमान कोलकाता डाइभर्ट भएको थियो । उक्त उडानमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि हुनुहुन्थ्यो ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्स र चीनको छन्तुबाट आएको एयर चाइना र सिचुआन एअरलाइन्सका विमान पनि डाइभर्ट भएका थिए । ती सबै उडान केही घण्टापछि सुचारु भएको बताइन्छ ।
सिचुआन एअरलाइन्स र एअर चाइना ल्हासा, कतार कोलकाता, नेपाल वायुसेवा नयाँ दिल्ली गएका थिए ।
खराब मौसमका कारण आज आन्तरिक उडान पनि प्रभावित भएका छन् । काठमाडौं–पोखरा, काठमाडौं–भरतपुर, काठमाडौं–नेपालगञ्ज, काठमाडौं–राजविराज, काठमाडौं–विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–भद्रपुर, काठमाडौं–भैरहवालगायतका केही उडान मध्यान्हसम्म रद्ध र केही ढिलो भएको हो ।
टिप्पणीहरू