फेरि आइन् भुटानी अधिराजकुमारी

फेरि आइन् भुटानी अधिराजकुमारी

भुटानी अधिराजकुमारी खेसाङ वाङमो वाङचुक काठमाडौं आएकी छन् । उनी ड्ुक एअरको उडान नम्बर केबी ४०० मा भुटानको पारोबाट बिहान १० बजे यता आएको बताइन्छ । आधा दर्जन सदस्य रहेको टोलीको बस्ने प्रबन्ध हायातमा मिलाइएको बुझिएको छ ।

यसअघि उनी श्रीमान सोनाम तासीसहित मंसिर २४ गते नेपाल आएकी थिइन् । त्यतिबेला १० दिन बसेर स्वदेश फर्केकी उनी आज काठमाडौं आएकी हुन् ।

टिप्पणीहरू