जेन जीहरु अर्काे आन्दोलनको तयारीमा, भोलि पत्रकार सम्मेलन
सरकालाई खबरदारी र दबाब दिन विभिन्न जेन जी समूहले संयुक्त आन्दोलनको तयारी गरेका छन् । ललितपुरको झम्सिखेलमा भएको जेन जी समूहहरुको बैठकले भोलि डिल्लीबजारस्थित भोजनगृहमा पत्रकार सम्मेलन गरेर संयुक्त आन्दोलनको घोषणा गर्ने जानकारी दिएका छन् ।
बैठकले ३० भन्दा बढी समूहलाई समेटेर कार्यसमिति बनाउने जिम्मेवारी मिराज ढुंगाना, अजय सोडारी र सुनिल सिंहलाई दिएको छ । सर्वपक्षीय सरकार र संविधान पुनर्लेखनको माग गर्दै आएका उनीहरुले हरिश भट्ट र सरोज भण्डारीलाई सल्लाहकारमा राखेका छन् ।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनअघि जेन जीको माग सम्बोधन हुनैपर्ने अन्यथा दोस्रो आन्दोलन भएरै छाड्ने चेतावनी दिइएको छ।
टिप्पणीहरू