ओलीको प्रस्तावमा सुरेन्द्रको असहमति, पदमा नबस्ने युवराजको घोषणा

ओलीको प्रस्तावमा सुरेन्द्रको असहमति, पदमा नबस्ने युवराजको घोषणा फाइल फोटो

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले एघारौँ महाधिवेशनमा आफू कुनै पनि पदका लागि आकांक्षी नरहेको बताएका छन् । 

बन्दसत्रअघि आज बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकमा भाग लिन भृकुटीमण्डप पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने स्पष्ट पारे । 

पार्टीभित्रको पछिल्लो समीकरणमा ईश्वर पोखरेल खेमामा खुलेका ज्ञवालीले आफू ७० वर्ष पुगेकाले अब साधारण सदस्यको रुपमामात्रै सीमित रहने बताए । ‘म ७० पुगिसकेँ, अब कुनै चुनाव लड्दैन, साधारण सदस्यमात्रै रहन्छु’, उनले भने । 

अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरी पदाधिकारीको संख्या बढाउने तयारी गरिरहँदा पोखरेल समूह भने त्यसको विपक्षीमा देखिएकोे छ । केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधन प्रस्ताव पेश गरेकोमा उपाध्यक्ष पाण्डेले असहमति जनाएका थिए । 

उनले पुरानो प्रावधान ब्युँताउने भए ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालसम्बन्धी प्रावधान पनि कायम गर्नुपर्ने अडान राखे । बैठकमा केन्द्रीय सदस्यहरूले यसबारे अहिले धारणा राखिरहेका छन् ।

टिप्पणीहरू