‘तपाईंले गर्न बाँकी केही छैन, नेतृत्व हामीलाई दिनुस्’
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई घरमा आराम गरेर बस्न सुझाव दिएका छन् । अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका पाेखरेलले सम्भवतः पहिलोपल्ट औपचारिक रुपमा ओलीलाई अभिभावक बनेर बस्न सल्लाह दिएका हुन् ।
यसअघि पार्टीको सचिवालय बैठकमा पोखरेलले अध्यक्ष ओलीलाई अनौपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि सार्वजनिक समारोहमा त्यस्तो अभिव्यक्ति दिएका थिएनन् । तर आज उनले जारी महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले औपचारिक रुपमै ओलीलाई नेतृत्व छाड्न सुझाव दिएका हुन् । ‘केपी कमरेड ११ वर्ष अध्यक्ष हुनुभयो, ६ वर्ष प्रधानमन्त्री, सायद अब उहाँले गर्न बाँकी काम केही छ जस्तो लाग्दैन’, उनले भने, ‘अब उहाँ यो पार्टीको अभिभावक बनेर बस्नुपर्छ, अब नेतृत्व हामीलाई दिनुहोस् भन्न चाहन्छु, मेरो अवधारण पत्र पढेर मलाई समर्थन गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’
पोखरेलले महाधिवेशन प्रतनिधिहरुलाई पार्टीको भविष्य सोचेर नेतृत्व चयन गर्न पनि अपील गरेका छन् ।
टिप्पणीहरू