स्वस्तिमा खड्का टेलिकमको ब्राण्ड एम्बेस्डर
युवा पुस्ताकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डर बनेकी छन् ।
आज एक कार्यक्रमका बीच टेलिकमका प्रबन्धक निर्देशक संगीता पहाडी र स्वस्तिमाले ब्राण्ड एम्बेस्डर नियुक्तिसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यसक्रममा टेलिकमको सेवालाई प्रचारका माध्यमबाट थप प्रभवकारी बनाउन लोकप्रिय कलाकार स्वस्तिमालाई ब्राण्ड एम्बेस्डर बनाएको जानकारी गराइयो ।
त्यस्तै, पहाडीले टेलिकमका विभिन्न स्कीमहरुबारे जानकारी गराएकी थिइन् भने स्वस्तिमाले प्रचारको माध्यमबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
स्वस्तिमा पछिल्लो समय ‘बेहुली फ्रम मेघौली’मा देखिएकी थिइन् । याे उनले पहिलाेपल्ट लगानी गरेकाे चलचित्रसमेत हाे । करिब तीन कराेडमा निर्माण भएकाे उक्त चलचित्रले ६ कराेड हारहारीमा कलेक्शन गरेकाे थियाे ।
स्वस्तिमाकाे नयाँ चलचित्र ‘वसन्त’ प्रदर्शनको तयारीमा छ । यसमा उनले गायक प्रकाश सपुतसँग स्क्रिन शेयर गरेकी छिन् ।
टिप्पणीहरू