जेन–जीका नाममा राजीनामा मागिएपछि ट्रेड युनियनहरू एकजुट
सार्वजनिक प्रशासन रूपान्तरणको नाममा कर्मचारी नेतृत्वको बर्खास्तगी र राजीनामा माग्न थालेपछि निजामती कर्मचारीमा क्रियाशील ट्रेड युनियनहरू एकजुट भएका छन् । आधा दर्जन ट्रेड युनियनहरूले मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाउँदै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
अन्तरिम सरकार गठनपछि केही कर्मचारीले ‘जेन–जी निजामती भेला’ गरी मुख्यसचिव, केही सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलगायतको राजीनामा मागेका छन् । त्यस्तै, कर्मचारी ट्रेड युनियन …