जान्नेलाई छान्ने पनि ‘उही ड्याङको मुला’

जान्नेलाई छान्ने पनि ‘उही ड्याङको मुला’

राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ २४ गतेको जेन जी ध्वंसको क्रममा सभापति रवि लामिछानेलाई नख्खु कारागारले नै पत्र थमाएर रिहा गरिएको दाबी गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकपछि पार्टी सहप्रवक्ता प्रतिभा रावलले लामिछानेको सुरक्षालाई मध्यनजर गरेर कारागारले रिहा गरेको दाबी गरेकी हुन् । 

उक्त दिन लामिछाने भीडको बलमा विजयी भावसहित गाडीमा फर्किएका थिए । कारागारले लामिछानेलाई दिएको पत्र फेक प्रमाणित भइसकेको छ । पत्रमा थुप्रै कैफियत छन्, तर रास्वपाले भने उक्त पत्र सक्कली नै रहेको दाबी गरेको हो । 

‘त्यो दिन कारागार प्रशासनले फोन गरेर रविजीको सुरक्षा गर्न नसकिने अवस्था भयो, उहाँको कोही आफन्तलाई पठाइदिनुस् भनेको थियो’, सहप्रवक्ता रावलले भनिन्, ‘बाटो बन्द भएपछि निकिता म्याम टाढा भएकोले जाने अवस्था थिएन, त्यसपछि नजिकै भएका साथीहरु मनिष झा, हरि ढकालहरु लिन जानुभएको हो ।’

लामिछानेले सार्वजनिक गरेको पत्रमा कारागार प्रशासनले नै गल्ती गरेको रावलको आरोप छ । ‘त्यो पत्रलाई थुप्रै प्रश्न उठेको छ, तर त्यो पत्रमा गल्ती गर्ने त गृह मन्त्रालय माताहतको त्यही कारागार प्रशासन हो, बरु तपाईंहरुले कारागारलाई सोध्नु न’, उनले थपिन् । 

स्मरण रहोस्, कारागार प्रशासनले यसअघि नै भदौ २४ गते लामिछानेलाई कुनै पत्र नै नदिएको बताइसकेको छ । तर रास्वपाले भने अझै पनि उक्त पत्र कारागारबाटै आएको र पत्रमा देखिएका गल्ती पनि कारागारकै भएको अपत्यारिलो दाबी गरिरहेको छ ।

याे पनि... 

१. रवि लामिछाने फेरि जेल जाँदै

२​​​​​​​. रविले देखाइरहेको कारागारको पत्र नक्कली प्रमाणित

टिप्पणीहरू