काँग्रेसको रिटमा कारण देखाऊ
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
विघटित प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले मङ्सिर २३ गते दर्ता गरेको रिटमा आज संवैधानिक इजलासले कारण देखाऊ आदेश दिएको हो । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको भोलिपल्ट दायर रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनि…