वकिलहरु ब्याडमिण्टनमा भिड्दै
कानुन व्यवसायीहरुबीच ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । ललितपुर बार एशोसिएशनले बार डेको अवसरमा ब्याडमिण्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । महिला र पुरुषको छुट्टाछुट्टै ब्याडमिण्टन प्रतियोगिता हुने एशोसिएशनले जनाएको छ ।
सुनाकोठी गाउँ सुधार समितिको ब्याडमिण्टन कोर्टमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि संस्थागत टिमले पाँच हजार र प्रत्येक टिमले तीन हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । पुस २ गते दिँउसो २ बजेभित्र नाम दर्ता गरिसक्नुपर्ने एशोसिएशनले जानकारी दिएको छ ।
प्रतियोगिता पुस ३ गतेदेखि ५ गतेसम्म बिहान ११ देखि ५ बजेसम्म हुनेछ । बिजेतालाई पुस ७ गते मेडल, ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिनेछ ।
टिप्पणीहरू