२५ करोड उठाउँदै काँग्रेस
नेपाली काँग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि आर्थिक संकलन अभियान थालेको छ । पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विभिन्न तहका कमिटीलाई परिपत्र गर्दै आर्थिक संकलन अभियान थालिएको जानकारी गराएका छन् ।
भदौ २३ को प्रदर्शन र २४ गतेको ध्वंशमा अराजक समूहले काँग्रेस मुख्यालयमा तोडफोडसहित आगजनी गरेका थिए । सो क्रममा कार्यालयको ७५ प्रतिशत भौतिक संरचनामा क्षति पुगेको छ । भवन पुनःनिर्माणको लागि पार्टीका नेता तथा कार्यकर्त…