प्रधानमन्त्रीकाे निर्देशन ‘निर्वाचनमा एक थोपा रगत नबगोस्’
प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा सौहार्द वातावरण तयार गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । आज सैनिक मुख्यालयकाे अवलोकनपछि उहाँले सुरक्षित निर्वाचनको लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।
सरकारले आगामी चुनावमा नेपाली सेनालाई परिचालन गर्न परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकोमा हिजो स्वीकृत भइसकेको छ । उक्त पृष्ठभूमिमा प्रधानमन्त्री कार्की सेनाको सुरक्षा तयारीको अवस्था बुझ्न आज जंगी अड्डा पुगेको बताइन्छ ।&nbs…