प्रधानमन्त्रीद्वारा एमाले टोलीअघि महन्थ ठाकुरसँग भेट
प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीको निमन्त्रणमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, महेश बर्तौलालगायतका नेताहरु प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन् ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि अनुकूल वातावरण बनाउन प्रधानमन्त्री कार्कीले राजनीतिक दलसँग भेटवार्ताको लागि सक्रियता बढाएको बताइन्छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य दलसँग पनि छुट्टाछुट्टै वाता गर्ने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ ।
सबै दलसँग छुट्टाछुट्टै वार्ता सकिएपछि प्रधानमन्त्री कार्कीले पुनः सर्वदलीय बैठक बोलाएर निर्वाचनको तयारीबारे छलफल गर्ने योजना बनाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
तर, एमाले टोली पुग्नुअघि प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टै भेट्नुभएको थियो । प्रधानमन्त्रीसँग कुराकानी गर्न ठाकुर दिउँसो ३ बजे सिंहदरबार पुगेका हुन् ।
टिप्पणीहरू