मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य

मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य

एसिड आक्रमणमा परेकी मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् । 

आज राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा पुगेर उनी नेकपामा मिसिएकी हुन् । खातुनलाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा प्रवेश गराए ।

पर्साकी खातुनलाई १६ वर्षको उमेरमा एसिड प्रहार भएको थियो । ठूलो संख्यामा जेनजी युवासहित पार्टीमा प्रवेश गरेकी उनलाई नेकपाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । 

 यहि कार्यक्रमबाट अशोक राई नेतृत्वको जसपाको एकता पक्षधर, नजागरण पार्टी नेपाल, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र विप्लवको नेकपा (माओवादी)को विद्रोही समूह पनि नेकपामा समाहित भएको छ ।

 

टिप्पणीहरू