चन्द्रदेव जोशीको पार्टीमा मिसिए घनश्याम

चन्द्रदेव जोशीको पार्टीमा मिसिए घनश्याम

घनश्याम भुसाल नेतृत्वको एकीकृत समाजवादी पुर्नगठन अभियान चन्द्रदेव जोशीको नेकपा (संयुक्त)मा समाहित भएको छ । 

आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ‘नेपाल कम्युनिष्ट पार्टी संयुक्त’ को नाममा एकीकृत हुन दुई समूहले सहमति गरेका हुन् । एकतापछि बन्ने पार्टीको चुनाव चिन्ह हँसिया रहने भएको छ । हँसिया चिन्ह नेकपा संयुक्तले प्रयोग गर्दै आएको थियो । 

सहमति पत्रमा दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै १०-१२ वर्षमा सबै नेपालीलाई रोजगारी दिने, भ्रष्टाचार, अपारदर्शिता, ढिलासुस्ती तथा अनियमितताको अन्त्यगरी सुशासन स्थापना गर्दै समाजवादको आधार तयार गर्ने भनिएको छ । आगामी राष्ट्रिय सम्मेलनबाट समाजवादको आजको ठोस कार्यभारका रुपमा यसलाई अगाडि सार्ने उल्लेख गरिएको छ ।

त्यस्तै, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबीविरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्न दुवै पक्ष सहमत भएका छन्  । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले माओवादी केन्द्रसहित ११ वटा वामपन्थी घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि घनश्याम भने त्यता नगई पुनर्गठन अभियानमा लागेका थिए ।

टिप्पणीहरू