अर्का नेताले छाडे एमाले

अर्का नेताले छाडे एमाले

नेकपा (एमाले) अछामका दुई कार्यकाल जिल्ला प्रमुख र २०७० का संविधान सदस्य भरत साउद नेकपामा प्रवेश गरेका छन् ।
उनलाई नेता भीमबहादुर रावलले स्वागत गरेका हुन् ।

साउद ०५० देखि ०५४ सम्म उपसचिव र दुुई पटक जिल्ला सचिव थिए । अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधान सभा सदस्य पनि निर्वाचित भए । 

आजै नेकपाको धनगढीमा एकता सन्देश सभा रहेको छ । सो कार्यक्रमलाई संयोजक प्रचण्ड,सहसंयोजक माधवकुमार नेपाल र नेता रावललगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
 

टिप्पणीहरू