राप्रपामा लिङ्देन र राणाको ‘प्याचअप’

राप्रपामा लिङ्देन र राणाको ‘प्याचअप’

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशन ६ महिना पछाडि सारेको छ । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ महिनाका लागि कार्यकाल थप्ने निर्णय गरेको हो । 

यसअघि ०७८ मंसिरमा महाधिवेशन गरेको राप्रपाले विधानबमोजिम यो मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने हो । तर प्रदेश र जिल्ला अधिवेशन नै नसकिएको भन्दै पार्टीले राष्ट्रिय महाधिवेशन ६ महिनापछि गर्ने निर्णय गरेको हो । 

महामन्त्री धवल शमशेर राणाले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने माग राख्दै आएपछि अध्यक्ष राजेन्द्र लिङ्देसँग आन्तरिक विवाद चर्किएको थियो । तर पछिल्लो समय लिङ्देन र राणाबीच सहमति भएपछि महाधिवेशनको मिति सार्ने तय भएकाे बताइन्छ । 

आफू निकटका नेताहरु कारवाहीमा परेपछि लिङ्देनविरुद्ध चर्को आक्रोश पोख्दै नियमित महाधिवेशनको वकालत गर्दै आएका राणा कसरी महाधिवेशनलाई धकेल्न सहमत भए,  त्यो भने खुलेको छैन ।

टिप्पणीहरू