राष्ट्रपतिद्वारा सेना परिचालनकाे स्वीकृति

राष्ट्रपतिद्वारा सेना परिचालनकाे स्वीकृति

आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली सेना परिचालन गर्न सरकारले स्वीकृति पाएको छ । सरकारको सिफारिसमा नेपाली सेनाको परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिनुभएको हो । 

मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्थापनको लागि भन्दै सेना परिचालनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिस आज स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए । 

चुनावलाई लक्षित गरेर सरकारले एक महिना अघिदेखि नै सेना परिचालन गर्ने तयारी गरेको बताइन्छ । त्यस्तै, सवा एक लाख म्यादी प्रहरी भर्ति गर्ने पनि सरकारको तयारी छ 

टिप्पणीहरू