दुर्गा प्रसाईंको भागमा खरायो

दुर्गा प्रसाईंको भागमा खरायो

दुर्गा प्रसाईंको अगुवाइमा दर्ता भएको ‘नागरिक बचाउ दल नेपाल’ ले निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएको छ । 

नवगठित पार्टीका पदाधिकारीहरूले आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाण पत्र लिएका हुन् । प्रमाणपत्र लिन उपसभापति देवीप्रसाद संग्रौला, प्रवक्ता प्रेम थापा मगरसहितका नेताहरू दिउँसो कान्तिपथस्थित आयोग गएका थिए । 

माधव खड्का सभापति रहेको उक्त पार्टीको चुनाव चिन्ह खरायो कायम भएको छ । राजसंस्था पुनःस्थापनाको माग गर्दै आएका प्रसाईंले केही वर्षदेखि 'धर्म, संस्कृति, राष्ट्यिता र नागरिक बचाउन महाअभियान' चलाउँदै आएका छन् । आयोगमा दर्ता भएको पार्टीमा पनि अधिकांश पदाधिकारी सोही अभियानका नेता छन् ।

टिप्पणीहरू