केपी ओलीकै अघिल्तिर कर्ण थापामाथि धक्कामुक्की
नेकपा (एमाले) का स्थायी समिति सदस्य कर्ण थापामाथि पार्टी कार्यालयमै दुर्व्यवहार भएको छ । ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रमका लागि च्यासल पुगेका थापालाई केही युवाले धकेलेका हुन् ।
बताइएअनुसार आज मध्यान्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा लोगो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । ओली गाडीबाट ओर्लिएर कार्यालय भवनभित्र प्रवेश गरिरहँदा थापा भने पहिल्यै नै त्यहाँ पुगिसकेका थिए । ओलीलाई बाटो दिन केही युवाले थापालाई धकेलेर ‘साइड’ ल…