विदेशमा बस्ने नेपालीहरू चार वर्षपछि जुटे
विदेशमा बस्ने नेपालीहरूको छाता संगठन गैरआवासी नेपाली संघ (एनआरएनए) फुटेको चार वर्षपछि एकता भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज एकता घोषणा गरिएको हो । विभाजित संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरे ।
१०औँ महाधिवेशनबाट शुरु भएको सदस्यतासम्बन्धी विवादले एनआरएनए विभाजन भएको थियो । आ-आफ्नो अनुकूलतामा परराष्ट्र मन्त्रालयबाट आधिकारिकता प्राप्त गरेका दुवै पक्षले अदालतमा मुद्दा हालेका थिए ।
एकतापछि १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्न अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले दायर गरेका मुद्दा फिर्ता लिने, सदस्यता वितरणका लागि समय थप गर्ने लगायतका सहमति भएको छ।
टिप्पणीहरू