ठूला नेतालाई दुबोको माला, अरुलाई बेग्लै चाला

ठूला नेतालाई दुबोको माला, अरुलाई बेग्लै चाला

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पोखराको चिप्लेढुंगामा एकता सन्देश सभा गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरुले सभालाई सम्बोधन गरेका छन् । सभामा सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

यसअघि हिजो दाङको लमही र अस्ति धनगढीमा सभा आयोजना गरिएको थियो । भोलि विराटनगर,बुधबार काठमाडौं,बिहिबार सुर्खेत, शनिबार जनकपुर,मंसिर २१ गते विदेशमा रहेकासँग भर्चुअल, मंसिर २२ गते पुनः काठमाडौं र २३ गते हेटौंडामा सभा राखिएको छ ।

आजको सभामा भाग लिन पोखरा पुगेका नेताहरुमध्ये संयोजक दाहाल,सहसंयोजक नेपाल र नेता झलनाथ खनाललाई आयोजकले दुबोको माला लगाइदिएका थिए । मञ्चमा सहभागी अन्य नेतालाई  भने सयपत्री मालाले स्वागत गरिएको थियो ।

टिप्पणीहरू