नेकपामा मिसिनेको संख्या १६

नेकपामा मिसिनेको संख्या १६

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित एक दर्जन वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा थप चार दल मिसिएका छन् । 

आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच जसपाको एकता पक्षधर, नजागरण पार्टी नेपाल, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र विप्लवको नेकपा (माओवादी)को विद्रोही समूहनेकपामा समाहित भएका हुन् । 

कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायत सहभागी छन् । कार्यक्रममा नेकपा र एकतामा सामेल समूहका कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति छ ।

कात्तिक १९ गते १० वटा घटकहरूले एकता गरी नेकपा घोषणा गरेका थिए । त्यसको एक हप्तापछि कात्तिक २६ गते भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र अर्को एउटा समूह नेकपामा समाहित भएको थियो । आज चार दल थपिएसँगै नेकपामा ध्रुवीकृत हुने घटक संख्या १६ पुगेको छ ।
 

टिप्पणीहरू