जेनजीको उद्देश्यलाई धुमिल बनाउने नियुक्ति
एनजिओमा आबद्धता, अन्तरिम सरकारमा जाने योग्यता ! प्रसंग भूतपूर्व प्रधानन्यायाधीश सुशाला कार्की नेतृत्वको सरकारमा मन्त्री नियुक्तिको हो । भदौ २३ र २४ गतेको जेनजी विध्वंशको बलमा प्रधानमन्त्री बनेकी कार्कीले धमाधम मन्त्रिमण्डल विस्तार गरिरहेकी छिन् । ११ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने भनिएकोमा आठ सदस्य नियुक्त भइसकेका छन् ।
रोचक प्रसंग के भने, मन्त्रिमण्डलमा देखिएका अनुहारहरु अमेरिकासँग जोडिएको गैरसरकारी संस्थामा आबद्ध छन् । कृषिमन्त्रीमा नियुक्त भएका डा.मदन परियार समता फाउण्डेशनको…